• Home »
  • समाचार »
  • पत्रकार रवि लामिछानेका बारेमा नकारात्मक धारणा राख्ने अर्का पत्रकार “दिलनिशानी” को फेसबुक बन्द
पत्रकार रवि लामिछानेका बारेमा नकारात्मक धारणा राख्ने अर्का पत्रकार “दिलनिशानी” को फेसबुक बन्द

पत्रकार रवि लामिछानेका बारेमा नकारात्मक धारणा राख्ने अर्का पत्रकार “दिलनिशानी” को फेसबुक बन्द

काठमाडौँ- न्युज २४ टेलिभिजनमा ” सिधा कुरा जनता संग ” कार्यक्रम चलाउँदै आएका लोकप्रिय कार्यक्रमको लोकप्रिय पत्रकार ‘रवि लामिछाने’ बारे अन्य भन्दा फरक धारणा राख्ने अर्का पत्रकार तथा लेखक ‘दिल निशानी मगर’को फेसबुक अन्ततः बन्द भएको छ ! रविको विरुद्ध बोलेपछि विगत केहि महिना देखि निशानी सामाजिक संजालमा अत्यन्त चर्चित पात्र हुन ! विशेस गरि उनले ‘ रवि जस्ता हजारौ पत्रकार नेपालमा भएको तर रवि ओभरस्मार्ट बनेको आरोप लगाउंदै आएका छन् !

केहि दिन अघि सोनीका रोकायाको युटुब च्यानल वाउ नेपालमा अपलोड भएको एउटा भिडियोमा  निशानी र सोनिकाले ” रवि भगवान ” भएको भन्दै रुँदै माफी मागेको अभिनय गका थिए ! करिब ९० हजार जनाले हेरेको उक्त भिडियोमा करिब ६०० जनाले लाईक गरेका छन् भने ३००० जना भन्दा बढीले डिसलाईक गरेका छन् ! भिडियो हेर्ने दर्शकहरुले कमेन्टमा चर्को गालि गरेपछि सोनिकाले उक्त भिडियोमा कमेन्ट डिसेबल गरेकी छन् !

त्यहि भिडियोमा रुँदै रविको विरुद्द व्यंग गरेपछि सामाजिक संजाल प्रयोगकर्ता निशानी र सोनीका विरुद्द झनै आक्रोशित बनेका छन् ! रवि विरुद्द अभिव्यक्ति दिने र व्यंग गर्ने क्रम नरोकिए पछी पत्रकार रविका समर्थक निशानिको फेसबुक बन्द गराउने अभियानमा लागेका थिए ! फेसबुकको धेरै ग्रुपमा उनको फेसबुक एकाउन्ट बन्द गराउने तरिका सिकाउंदै भिडियो अपलोड भएका थिए ! अहिले बेलुका ११  बजे चेक गर्दा उनको फेसबुक खुलेको छैन ! सामाजिक संजाल प्रयोगकर्ताको रिपोर्टका कारण बन्द भएको हो अथवा अन्य कारण बस बन्द भनेको हो त्यो भने खुलिसकेको छैन !

उनको फेसबुक यहाँ क्लिक गरेर चेक गर्न सकिन्छ !

उता सोनीका विरुद्ध पनि सामाजिक संजाल प्रयोगकर्ताहरुको रिस मरिसकेको छैन, उनका पनि कार्टुन तथा ट्रोल बनाएर फेसबुकमा पोष्ट गर्ने क्रम जारी छ ! सोनीका सहभागी हुने भनिएको  गुल्मी सम्पर्क समिति दक्षिण कोरियाको आयोजनामा यहि फेब्रुअरी १६ तारिक दक्षिण कोरियामा आयोजना हुन गईरहेको ” रेसुंगा सांस्कृतिक झलक भाग ३ पनि सोनीका कै कारण विवादमा परेको छ ! सोनिकाले समाजमा भल्गारीटि फैलाएको तथा राम्रो काम गर्ने मानिस माथि दुराग्रही ढंगले अन्तर्वार्ता तथा कार्यक्रम प्रशारण गरेको भन्दै उनलाई बहिष्कार गर्नुपर्ने आवाज उठ्दै गएको छ !

निशानी र सोनिकाले रुँदै अभिनय गरेर रवि माथि गरेको व्यंग (भिडियो)

साभार :- ujyaalonep

Share